प्रस्तावित प्रधानन्यायधीश शर्माको योजना : मुद्दा दर्तादेखि फैसलाको जानकारी नागरिक एपमा
▸ यस स्टोरीको अंश: डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीश नियुक्त, आजै लिए पद तथा गोपनीयताको शपथ
प्रस्तावित प्रधानन्यायाधीश मनोज कुमार शर्माले सबै तहका अदालतमा म्याद थप, बयान, बकपत्र र बहस भर्चुअल माध्यमबाट गर्ने तथा मुद्दा दर्तादेखि फैसलासम्मलाई एक वर्षभित्र सूचना प्रविधि प्रणालीमा आबद्ध गर्ने योजना पेश गरेका छन्। उनले न्यायिक काममा एआईको प्रयोगको सम्भाव्यता अध्ययन गर्ने, डिजिटल सर्भिलेन्सको व्यवस्था गर्ने र नागरिक एपमार्फत म्याद तामेली, पेसी तथा फैसलाको सूचना उपलब्ध गराउने वाचा गरेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›