आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सबै जुटौँः पूर्वराष्ट्रपति भण्डारी
▸ यस स्टोरीको अंश: पूर्वराष्ट्रपति भण्डारी र अध्यक्ष दाहालद्वारा गणतन्त्रलाई परिपक्व र परिणाममुखी बनाउन आह्वान
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले १९औँ गणतन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपालीमा बधाई ज्ञापन गर्दै लोकतान्त्रिक गणतन्त्रका मूल्य र मान्यतालाई अझ बढी परिपक्व र परिणाममुखी बनाउन दृढ सङ्कल्पित हुन आह्वान गरेकी छिन् । राष्ट्रिय लक्ष्य सुशासन, आर्थिक समृद्धि र सामाजिक न्याय हुनुपर्ने उल्लेख गर्दै उनले मुलुकको स्वाधीनता, राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्दै आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा जुट्नुपर्ने आवश्यकता औंल्याएकी छिन् । गणतन्त्रको स्थापना केवल व्यवस्था परिवर्तन नभई नेपाली जनताको जीवनस्तरमा सकारात्मक रूपान्तरण ल्याउने र राज्यका हरेक तहमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने माध्यम भएको उनले बताइन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित