विद्युतीय चुरोट (भेप)सहित एक जना पक्राउ
▸ यस स्टोरीको अंश: काठमाडौंमा अवैध विद्युतीय चुरोटसहित एक जना पक्राउ, ठूलो परिमाणमा भेप बरामद
ललितपुर महालक्ष्मी नगरपालिका–८ बस्ने ३१ वर्षीय नवीन खड्कालाई प्रहरीले अवैध विद्युतीय चुरोट (भेप) सहित पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका–२२ खिचापोखरीस्थित आरबि कम्प्लेक्सको भवनमा भेप बिक्री वितरण गर्ने गरेको सूचनाको आधारमा पक्राउ गरेको हो। प्रहरीले सोही कम्प्लेक्सको भवनमा भण्डारण गरी राखेको २९ हजार १ सय ४० थान भेप समेत बरामद गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›