पूर्वाधार विकास र बजेट कार्यान्वयन प्रभावकारी बनाउन सांसदहरूको जोड
▸ यस स्टोरीको अंश: राष्ट्रियसभा समितिमा सांसदहरूको पूर्वाधार विकास र बजेट कार्यान्वयन प्रभावकारी बनाउन जोड
राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले पूर्वाधार विकास तथा बजेट कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। सांसद घनश्याम रिजालले विगतदेखि नै बजेट कार्यान्वयन, पुँजीगत खर्च तथा आयोजना व्यवस्थापनमा विभिन्न कमजोरी देखिँदै आएको उल्लेख गर्दै विशेष गरी पुँजीगत खर्च वृद्धि गर्न आवश्यक रहेको बताए। सांसद सम्झना देवकोटाले गाउँ गाउँमा बस्ती एकीकृत गर्ने योजना ल्याउनुपर्ने धारणा राख्दै सडक सुरक्षासँगै निर्माणको गुणस्तरमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइन्।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›