भटौली खोलामाथि निर्माणाधीन पक्की पुल अन्तिम चरणमा
▸ यस स्टोरीको अंश: भटौली खोलामा निर्माणाधीन पक्की पुल अन्तिम चरणमा, जेठ मसान्तसम्म सम्पन्न हुने लक्ष्य
जिल्लाको मन्थली नगरपालिका-७ र खाँडादेवी गाउँपालिका-४ जोड्ने भटौली खोलामाथि निर्माणाधीन पक्की पुल अन्तिम चरणमा पुगेको छ । बागमती प्रदेश सरकारको रु तीन करोड ३३ लाख ६५ हजारको लागतमा निर्माण भइरहेको यो पुल यही जेठ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यसहित कामले तीव्रता पाएको हो । पुल सम्पन्न भएपछि स्थानीय उत्पादन जिल्ला सदरमुकाम र काठमाडौंसम्म पुर्याउन सहज हुनेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›