सार्वजनिक जग्गामा गाउँपालिकाको स्याउ बगैँचा
▸ यस स्टोरीको अंश: तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गामा स्याउखेती विस्तार गरी आय आर्जन र पर्यटन विकास गर्ने
बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न २४ रोपनी सार्वजनिक जग्गामा रु ४० लाख खर्चेर स्याउ बगैँचा निर्माण गरेको छ। गाउँपालिकाले जग्गाको संरक्षण, तारबार, थोपा सिँचाइ प्रविधिसहित एक हजार ४०० स्याउका बिरुवा हुर्काइरहेको छ। गाउँपालिकाले उत्पादनको नीति ल्याएको र खेर गएको सार्वजनिक जग्गा व्यवस्थापन गरेर सिँचाइसहितको स्याउ बगैँचा स्थापना गरेको हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›