सोलेडाँडामा ‘जडीबुटी पार्क’ निर्माण
▸ यस स्टोरीको अंश: मेचीपारिको ‘नेपाल पार्क’ पर्यटकको नयाँ आकर्षण बन्दै
बागलुङको तमानखोला गाउँपालिकाले पर्यटकीय क्षेत्र सोलेडाँडामा करिब सात रोपनी क्षेत्रफलमा जडीबुटी पार्क निर्माण गरेको छ । प्राकृतिक सुन्दरताले भरिएको सोलेडाँडामा पर्यटकीय पूर्वाधारसँगै जडीबुटीको अनुसन्धान र पर्यटक आकर्षण गर्ने उद्देश्यले पार्क निर्माण गरिएको हो । गाउँपालिकाले अघिल्लो वर्षदेखि पार्कमा विभिन्न प्रजातिका जडीबुटीको बिरुवा रोप्न सुरु गरेको छ । यसका लागि हालसम्म करिब रु सात लाखभन्दा बढी रकम खर्च भइसकेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित