नेपाल-बंगलादेश सांस्कृतिक सम्बन्ध प्रवर्द्धन गर्न ‘नेपाल फेस्टिभल’
▸ यस स्टोरीको अंश: नेपाल र बङ्गलादेशबीच सांस्कृतिक सम्बन्ध प्रवर्द्धन गर्न ‘नेपाल फेस्टिभल’ आयोजनाकाठमाडौँ । बंगलादेशस्थित नेपाली राजदूतावासले बंगलादेश-नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा आज ढाकास्थित बंगलादेश शिल्पकला एकेडेमीमा ‘नेपाल फेस्टिभल-२०२६’ आयोजना गरेको छ । नेपालको विविध सांस्कृतिक तथा पाक परम्पराको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त महोत्सवमा ‘फुड फेस्ट’ तथा सांस्कृतिक कार्यक्रम समावेश गरिएको थियो । त्यस अवसरमा बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले महोत्सवको उद्देश्य नेपालको संस्कृति र खानाका परिकारको विविधता तथा समृद्धिको प्रवर्द्धन गर्नुका साथै नेपाल र बंगलादेशबीच विद्यमान सांगीतिक, कलात्मक तथा पाक संस्कृतिको समानतालाई उत्सवका रूपमा मनाउनु हो भने ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›