असन्तुष्ट पक्षलाई समेटेर लान सभापतिलाई नेता शशाङ्कको सुझाव
▸ यस स्टोरीको अंश: कांग्रेसमा असन्तुष्ट पक्षलाई समेट्न नेता कोइरालाको सभापतिलाई सुझाव
नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री शशाङ्क कोइरालाले पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर लैजानुपर्नेमा जोड दिएका छन् । पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेला एवं विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले पार्टी बलियो भए मात्र आफूहरू बच्ने बताए । कोइरालाले पार्टी सभापतिले विचार, कर्तव्य र आचरणले पार्टीलाई एक ढिक्का बनाउनुपर्ने उल्लेख गर्दै गगनकुमार थापा हतारिएर विशेष महाधिवेशनबाट सभापति भएको टिप्पणी गरे । पूर्व केन्द्रीय सदस्य किरण पौडेल र पूर्वमन्त्री सरस्वती अर्यालले पनि पार्टीभित्र एकताको आवश्यकता औंल्याउँदै सबै नेतालाई समेटेर लैजान आग्रह गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›