कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई कुलर हस्तान्तरण, गर्मी न्यूनीकरण भई पठनपाठनमा सहजता हुने अपेक्षा
▸ यस स्टोरीको अंश: कामना सेवा विकास बैंकद्वारा रुपन्देहीको विद्यालयलाई कुलर हस्तान्तरण
कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय कोटिहवा मार्फत पशुपति माध्यमिक विद्यालय, रुपन्देहीलाई ३ थान कुलर हस्तान्तरण गरेको छ । बैंकका बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले विद्यालयका प्रधानाध्यापक बेद नारायण भट्टराईलाई कुलर हस्तान्तरण गरेका थिए । यस सहयोगले विद्यार्थीहरूको पठनपाठनमा थप सहजता र प्रेरणा मिल्ने विश्वास बैंकले व्यक्त गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›