एनआईसी एशिया बैंकद्वारा महेन्द्रनगरस्थित दुधमती राष्ट्रिय प्राथमिक विद्यालयमा सहयोग

यस स्टोरीको अंश: एनआईसी एशिया बैंकद्वारा महेन्द्रनगरस्थित दुधमती राष्ट्रिय प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग
kendrabindu.com · 12 घण्टा अघि

एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धनुषाकाे महेन्द्रनगरस्थित दुधमती राष्ट्रिय प्राथमिक विद्यालयमा विभिन्न शैक्षिक सामग्रीहरु सहयोग उपलब्ध गराएको छ । विद्यार्थीहरुको पठनपाठनलाई अझ सहज बनाउँदै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ बैंकले उक्त शैक्षिक सामग्री सहयोग प्रदान गरेको छ । १३८ भन्दा धेरै विद्यार्थीहरुले पठनपाठन गरिरहेको यस विद्यालयका लागि यस बैंकका जनकपुर सर्कल हेड उत्सुक राज श्रेष्ठले उक्त विद्यालयकी प्रधानाध्यापक ममता पण्डितलाई एक कार्यक्रमका बीच झोला तथा अन्य शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू