विभिन्न एघार स्थानमा आगलागी, विपद्जन्य घटनामा एकै दिन ७७ लाखको आर्थिक क्षति
▸ यस स्टोरीको अंश: मर्दी हाई क्याम्प नजिकै मृत भेटिएका व्यक्तिको शव सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
पछिल्लो २४ घण्टामा विभिन्न ११ स्थानमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार काठमाडौँसहित ललितपुर, झापा, मोरङ, धनुषा, बारा, दाङ, डडेलधुरा र अछाममा आगलागीका घटना भएको छ । प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा आगालगीसहितका १८ वटा विपद्जन्य घटनामा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›