नुवाकोटमा सवारी दुर्घटना, एक जनाको मृत्यु
▸ यस स्टोरीको अंश: नुवाकोटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते
नुवाकोटमा बिहीबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको निधन भएको छ । गम्भीर घाइते भएका दुई जनाको काठमाडौँमा उपचार भइरहेको छ । छहरे–टोखा सडकखण्डस्थित शिवपुरी गाउँपालिका–६ गुर्जेभञ्याङमा जिप दुर्घटनामा परेर गम्भीर घाइते भएका सिराहा सुखीपुरी–२ का ३५ वर्षीय सञ्जीवकुमार चौधरीको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका सुनसरीको इनरुवा नगरपालिका–५ का ४० वर्षीय उत्सव पोखरेल र काठमाडौं महानगरपालिका–९ गौरीघाटका ४४ वर्षीय लोकेश मिश्रको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । ढिकुरेबाट काठमाडौं आउँदै गरेको बिएई ०५६९ नम्बरको विद्युतीय कार अनियन्त्रित भएर सडकबाट करिब १५० मिटर तल खसेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›