राजनीतिक परिवर्तनले मात्र युगका अपेक्षा पूरा हुँदैनन्, राज्यसत्ताको चरित्र र आचरणमा बदलाब ल्याउनुपर्छः राष्ट्रपति पौडेल
▸ यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा गणतन्त्र दिवसको शुभकामना: सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता
राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक व्यवस्था र शासकीय संरचनामा हुने परिवर्तनबाट मात्र युगका अपेक्षा पूरा नहुने बताए । गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्चमा आयोजित विशेष समारोहमा उनले त्यसका लागि राज्यसत्ताको चरित्र, आचरण, राजनीतिक निष्ठा र मूल्यमान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक भएको बताए । उनले सामाजिक न्याय, विकास र समृद्धि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उच्चतम र सार्थक अभ्यासमा अगाडि बढ्न तथा राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा र मूल्यमान्यताको सीमाभित्र आबद्ध गर्न आजका दिनले प्रेरणा दिने विश्वास व्यक्त गरे ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित