‘निजी क्षेत्रमैत्री नीति लिएर सरकार अगाडि बढ्छ, निर्धक्क भएर व्यवसाय सञ्चालन गर्नुहोस्’
▸ यस स्टोरीको अंश: सरकार निजी क्षेत्रमैत्री नीतिमा अघि बढ्ने, व्यवसायीलाई निर्धक्क व्यवसाय गर्न आग्रह
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले सरकार निजी क्षेत्रमैत्री नीति लिई अघि बढिरहेकाले व्यवसायीहरूलाई निर्धक्क भएर व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभएको छ । उहाँले सरकारले कुनै पनि व्यवसायीलाई लक्षित गरेर धरपकड नगरेको र गम्भीर आपराधिक गतिविधिमा संलग्नहरूमाथि मात्र कानुनी कारबाही भइरहेको स्पष्ट पार्नुभयो । सरकारले सुशासन र भ्रष्टाचार अन्त्यको एजेन्डाबाट बनेको र शून्य सहनशीलता नीति अपनाएको बताउँदै उहाँले निजी क्षेत्रमैत्री बजेट ल्याउने तयारीमा रहेको जानकारी दिनुभयो ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›