भारतको नागाल्याण्डबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर शिक्षक बनेका कृष्ण बहादुर अख्तियारको फन्दामा

यस स्टोरीको अंश: नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक बनेका कृष्णबहादुर खन्गाहाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
arthadabali.com · 3 दिन अघि

शिक्षक पदमा सेवा प्रवेश गर्दा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएको उजुरीका सम्बन्धमा अख्तियार अनुसन्धान दुरुपयोग आयोगले अनुसन्धान गरेको छ । नवलपरासीका कृष्णबहादुर खन्गाहाले भारतको नागाल्याण्ड बोर्डबाट जारी भएको भनिएको Admit Card, Mark-sheet तथा Migration Certificate लगायतका शैक्षिक योग्यतासम्बन्धी झुट्टा विवरण पेस गरेको पुष्टि भएको छ । प्रमाण पत्रका आधारमा नियुक्ति लिई हाल उनी मणिसंगम माध्यमिक विद्यालयमा प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदमा कार्यरत छन् । अख्तियारले निजविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद र जरिवाना सजायको मागदाबी लिई विशेष अदालत, काठमाडौंमा मुद्दा हालेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू