ज्येष्ठ र अपाङ्गता भएका नागरिकलाई विशेष व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन
▸ यस स्टोरीको अंश: नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका र साक्षर नभएकालाई बैंकिङ सेवामा विशेष प्राथमिकता दिन निर्देशन
नेपाल राष्ट्र बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपले बैंकिङ सुविधा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । इजाजतप्राप्त संस्थाले प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्गमैत्री बनाउनुपर्ने र त्यस प्रकारका शाखाको विवरण आफ्नो वेबसाइटमा राख्नुपर्ने नयाँ व्यवस्था गरिएको छ । बैंक तथा वित्तीय संस्थाले ‘एटिएमलाउञ्ज’ भएका स्थानमा ब्रेललिपिका सङ्केत तथा ध्वनि सहयोगसहितका कम्तीमा एक अपाङ्गमैत्री एटिएम राख्नुपर्ने व्यवस्था गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित