नुवाकोटमा वर्षौँदेखि सडक अलपत्र पारेको भन्दै माइतीघरमा युवाहरुले दिए धर्ना

यस स्टोरीको अंश: तीनपिप्ले–गल्छी सडक स्तरोन्नतिको माग गर्दै माइतीघरमा धर्ना
www.reportersnepal.com · 1 हप्ता अघि

वर्षौँदेखि अलपत्र अवस्थामा रहेको तीनपिप्ले–गल्छी सडकको स्तरोन्नति तथा कालोपत्रेको माग गर्दै काठमाडौँको माइतीघरमा युवाहरुले धर्ना दिएका छन्। नुवाकोटको ककनी गाउँपालिका र बेलकोटगढी नगरपालिकाका बासिन्दाहरूले सडकको दयनीय अवस्थाका कारण जनजीवन कष्टकर बनेको भन्दै बुधबार भर्ना दिएका हुन्। कार्यक्रम संयोजक पुडासैनीले किसानले उत्पादन गरेको दूध र तरकारी सडककै कारण नष्ट हुने अवस्था आएको भन्दै सरकारले तत्काल कालोपत्रेको काम अघि नबढाए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू