ङादीखोला करिडोरका युवाहरु आन्दोलित, सडक स्तरोन्नतीसँगै प्रभावित क्षेत्रका समस्या सम्बोधन गर्नुपर्ने माग
▸ यस स्टोरीको अंश: नारायणी नदीमा आपतकालीन तटबन्ध निर्माणका लागि बोलपत्र आह्वान
लमजुङको मर्स्याङदी गाउँपालिका वडा नं. ६ र ७ क्षेत्रमा निर्माण सम्पन्न तथा निर्माणाधीन जलविद्युत् आयोजनाबाट प्रभावित स्थानीय युवाहरुले आफ्नो हक अधिकार सुनिश्चित गर्न विभिन्न माग अघि सारेका छन् । सिर्जना युवा क्लबका अध्यक्ष देबीराम अधिकारीको नेतृत्वमा जलविद्युत् आयोजनाबाट प्रभावित स्थानिय युवाहरुले “ङादीखोला करिडोर संघर्ष समिति” गठन गरी विभिन्न माग अघि सारेका छन् । समितिले विशेषगरी वडा नं. ६ स्थित दोभानचौर देखि नाइने सम्मको सडक स्तरोन्नति तत्काल अघि बढाउन माग गरेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›