काभा भलिबलमा नेपाल र इरान सेमिफाइनलमा भिड्ने

यस स्टोरीको अंश: काभा महिला भलिबल च्याम्पियनसिप: नेपाल माल्दिभ्सलाई सोझो सेटमा हराउँदै सेमिफाइनलमा
www.makalukhabar.com · 2 दिन अघि

घरेलु टोली नेपालले जारी काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा इरानसँग प्रतिस्पर्धा गर्ने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमवार भएको समूह चरणको अन्तिम खेलमा इरानले काजखस्तानमाथि ३–० को सोझो सेटमा जित निकाल्यो । यो नतिजासँगै सेमिफाइनल समीकरण पूरा भएको हो । लगातार तेस्रो जितसँगै समूह ‘बी’ को इरान अपराजित रहँदै विजेताका रूपमा सेमिफाइनलमा पुग्यो । समूह ‘बी’ को इरानले समूह ‘ए’ उपविजेता नेपाल र समूह ‘ए’ को विजेता भारतले समूह ‘बी’ उपविजेता काजखस्तानलाई सेमिफाइनलमा पाएका हुन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू