प्रिमियर कपमा उत्कृष्ट प्रदर्शन गर्दै एसियाली खेलकुदमा छनोट हुने कप्तान इन्दुको विश्वास

यस स्टोरीको अंश: महिला क्रिकेट टोली एसियन गेम्स छनोट र एसीसी प्रिमियर कपका लागि मलेसिया प्रस्थान
gorkhapatraonline.com · 1 हप्ता अघि

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले एसीसी महिला टी–२० प्रिमियर कपमा उत्कृष्ट प्रदर्शन गर्दै एसियाली खेलकुद (एसियन गेम्स) मा छनोट हुने विश्वास व्यक्त गर्नुभएको छ। मलेसियामा आगामी जुन १ देखि १३ तारिखसम्म महिला टी–२० प्रिमियर कप आयोजना हुँदै छ। जापानमा आयोजना हुने एसियाली खेलकुदको छनोट चरणसमेत रहेको प्रिमियर कपमा नेपालसहित कुल १८ राष्ट्रले प्रतिस्पर्धा गर्दै छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू