अफगानिस्तानमा बाढीका कारण दश जनाको मृत्यु
▸ यस स्टोरीको अंश: अफगानिस्तानमा बाढीले १० को मृत्यु, सयौँ घर क्षतिग्रस्त
उत्तरी अफगानिस्तानको बघलान प्रान्तका अधिकाशं जिल्लाहरूमा भारी वर्षा पछि आएको बाढीका कारण महिला तथा बालबालिका सहित कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय मिडियालाइृ उदृत गर्दै टोलो न्यूजले शुक्रबार रिपोर्ट गरेको छ । वर्षाका कारणले एक सय भन्दा बढी आवासीय घरहरू क्षेतिग्रस्त बनाउनुका साथै कृषि जमिन डुबानमा परेको जनाइएको छ । जसले प्रान्तको ग्रामीण अर्थतन्त्रलाई गम्भीर चोट पुर्याएको प्रान्तीय विपद् व्यवस्थापन अधिकारीका प्रमुख हेडायतुल्लाह हम्दर्दलाई उद्धृत गर्दै मिडियाले जनाएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›