क्यान्सर उपचारमा प्रयोग हुने ‘कार्बोप्लाटिन’ अभाव टार्न ८०० भाइल औषधि नेपाल भित्रियो
▸ यस स्टोरीको अंश: क्यान्सरका अत्यावश्यक औषधिको अभाव: मूल्य समायोजन प्रणाली लागू गर्न माग
क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि ‘कार्बोप्लाटिन’ को अभाव भइरहेका बेला ८०० भाइल औषधि नेपाल औषधि आयातकर्ता संघको पहलमा बंगलादेशबाट आयात गरिएको छ। व्यवसायी डा. अबुल हुसेन अनसारीको समन्वयमा नेपाल ल्याइएको उक्त औषधि आवश्यकताका आधारमा विभिन्न अस्पताल तथा बिरामीलाई वितरण गरिनेछ। यसअघि ‘कार्बोप्लाटिन’, ‘सिस्प्लाटिन’ तथा केही सलाइनको अभाव भएपछि बिरामीको उपचार प्रभावित हुने जोखिम बढेको थियो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›