जुम्लामा स्वास्थ्य बिमा नवीकरण गर्नेको संख्या घट्यो
▸ यस स्टोरीको अंश: जुम्लामा स्वास्थ्य बीमा नवीकरण गर्नेको संख्या घट्यो, जनविश्वासमा कमी
स्वास्थ्य बिमा नवीकरण गर्नेको सङ्ख्या पछिल्लो समयमा घट्दो क्रममा छ। जिल्लास्थित स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालयका दर्ता अधिकारी तीर्थराज जोशीका अनुसार यहाँका करिब एक लाख तीन हजारजना नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन्। सक्रिय बिमा सङ्ख्या ४४ हजार ४७९ जना छन्। करिब ५६ हजारले बिमाको नवीकरण नगरेको स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालयका दर्ता अधिकारी जोशीले बताए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित