नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो
आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १६.३८ अंकले बढेर २७ सय ५८ दशमलव ४९ को विन्दुमा कायम भएको छ। आज कारोबारमा आएका ३३६ कम्पनीहरू मध्ये २०३ कम्पनीको शेयर मूल्य बढेको छ भने ५७ कम्पनीको घटेको छ। आज ४ अर्ब ४९ करोड रुपैयाँको शेयर कारोबार हुँदा १ करोड ८ लाख ८८ हजार कित्ता शेयर किनबेच भएको छ। आज सबैभन्दा बढी आँखु खोला जलविद्युत कम्पनीको शेयर कारोबार भएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›