ओली,लेखक र खापुङलाई कारबाहीको सिफारिस
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा ओली, लेखक र गुरुङमाथि कारबाहीको सिफारिस
राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानमन्त्री‚ पूर्वगृहमन्त्री र पूर्वआईजीपीलाई कारबाहीको सिफारिस गरेको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई मानवअधिकार उल्लंघन गरेको ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको हो। आयोगले २३ र २४ भदौको घटनामा सुरक्षाकर्मीको गोली लागेर १९ जनाको मृत्यु भएको तथा उपचारका क्रममा थप २३ जनाले ज्यान गुमाएको उल्लेख गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›