चिनियाँ दूतावासले नै विज्ञप्ति जारी गर्नुपर्ने जनआस्था प्रकरण के हो ?
▸ यस स्टोरीको अंश: वैदेशिक रोजगारी ठगीमा भीम लामा र खड्कध्वज शाही पक्राउ
नेपालस्थित चिनियाँ दूतावासले चिनियाँ नागरिकले नेपाली पत्रकारलाई निश्चित राजनीतिज्ञविरुद्ध नकारात्मक समाचार प्रकाशनका लागि घुस दिन खोजेको विषयको अडियो सार्वजनिक भएपछि प्रेस नोट जारी गर्दै अनुसन्धानको माग गरेको छ । जनआस्था साप्ताहिकका अध्यक्ष किशोर श्रेष्ठले पूर्वगृहमन्त्री सुधन गुरुङविरुद्ध समाचार लेखेकोमा खुसी व्यक्त गर्दै उनलाई गिफ्ट दिने कुरा गरिएको अडियो सार्वजनिक भएको थियो । श्रेष्ठले आफूलाई फसाउन तथ्य, अडियो तोडमोड गर्ने व्यक्ति आफैँ फस्ने उल्लेख गर्दै चिनियाँ सिमकार्ड प्रयोगमार्फत नेपाली मिडियालाई ट्र्याप गरी यहाँका पदाधिकारी र सञ्चार प्रणालीमाथि अवाञ्छित आक्रमण गर्न खोज्ने केही विदेशी पात्रलाई अफिसमै आउने वातावरण सिर्जना गरेको बताएका छन् ।
पूरा लेख पढ्नुहोस् (7 मिनेट) ›