एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दै, केपी ओलीले जवाफ दिने

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीलाई नेतृत्व हस्तान्तरणको सुझाव, आज जवाफ दिने
bajarkochirfar.com · 4 दिन अघि

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । बैठकमा अध्यक्ष ओलीले नेताहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ । आज सचिव शेरधन राई, भानुभक्त ढकाल, खगराज अधिकारी र राजन भट्टराईलगायत नेताहरूले आ–आफ्ना धारणा राख्नेछन् । गत शुक्रबारदेखि सुरु भएको बैठकमा नेताहरूले आफ्ना विचार राख्ने क्रम शनिबारसम्म लम्बिएको थियो । बोल्ने अधिकांश नेताहरूले अध्यक्ष ओलीको आलोचना गर्दै राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू