कीर्तिमानी आरोही कामी रिता र लाक्पालाई प्रधानमन्त्री बालेनले दिए बधाई
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री शाहद्वारा कीर्तिमानी आरोही कामी रिता र लाक्पा शेर्पालाई सम्मान
प्रधानमन्त्री बालेन्द्र शाहले ३२औँ पटक सगरमाथाको सफल आरोहण गरेका कामी रिता शेर्पा र ११औँ पटक सगरमाथा आरोहण गर्ने लाक्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गरेका छन्। सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री शाहले आरोहीहरुको यो सर्वोच्च सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय, गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाउने विश्वास लिएको बताएका छन्। शेर्पाले आइतबार बिहान १०ः१२ बजे सगरमाथाको ३२औँ पटक सफल आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान पुनः नवीकरण गरेका हुन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित