युवाको आशा सम्बोधन नभए देश फेरि विद्रोहतर्फ जान सक्छ : विश्वप्रकाश शर्मा [भिडियो]
▸ यस स्टोरीको अंश: विश्वप्रकाश शर्मा भन्छन्- युवाको आशा सम्बोधन गर्न संविधान संशोधन आवश्यक
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नयाँ पुस्ताको आकांक्षा र बदलिँदो समयअनुसार संविधान संशोधनको प्रक्रिया गम्भीरतापूर्वक अघि बढाउनुपर्ने बताएका छन् । उनले युवाको आशा र अपेक्षालाई समयमै सम्बोधन गर्न नसकिए आगामी दशकमा मुलुक फेरि संकट र असन्तोषतर्फ धकेलिन सक्ने चेतावनी दिए । पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा आयोजित कार्यक्रममा बोल्दै शर्माले संविधान संशोधनलाई दलगत स्वार्थभन्दा माथि उठाएर राष्ट्रिय सहमतिका आधारमा अघि बढाउनुपर्ने धारणा राखे ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित