ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको मन्त्री चौधरीकाे दावी

यस स्टोरीको अंश: कृषि मन्त्री चौधरीद्वारा किसानलाई मल अभाव नहुने दाबी, भारतबाट ५० हजार टन खरिद प्रक्रिया सुरु
www.imagekhabar.com · 14 घण्टा अघि

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । कृषकलाई सम्मान र सहुलियत प्रदान गर्दै कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणमार्फत उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने कार्यक्रमलाई अगाडि बढाउन सरकार प्रतिवद्ध रहेको बताउनुभयाे । सीमित साधन र स्रोतका बाबजुद सरकारले मल, बीउ, सिंचाई, प्राविधिक सेवा, पशुपंक्षीलाई खोप, कृषि पूर्वाधार, कृषि यान्त्रीकरण तथा बाली र पशुधन बीमाजस्ता क्षेत्रमा सहुलियत उपलब्ध गराउँदै आएको समेत बताउनुभएकाे छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू