किसानलाई मलको अभाव हुन नदिन सरकारको विशेष ध्यानाकर्षण भएको छः मन्त्री चौधरी

यस स्टोरीको अंश: कृषि मन्त्री गीता चौधरी भन्छिन्: धान रोपाइँमा मल अभाव हुँदैन, भारतसँग ५० हजार टन खरिद प्रक्रिया अघि बढ्यो
emountaintv.com · 1 दिन अघि

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले किसानलाई मलको अभाव हुन नदिन सरकारको विशेष ध्यानाकर्षण भएको बताउनुभएको छ । बुधवार प्रतिनिधि सभाका सांसदहरुले राखेका जिज्ञासाहरुको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनु भएको हो । मन्त्री चौधरीले किसानलाई मलको अभाव हुन नदिन सरकारले हालै भारतसँग ५० हजार मेट्रिक टन मल खरिद गर्ने प्रक्रिया शुरु गरिसकेको जानकारी पनि दिनुभयो । उहाँले मध्यपूर्वमा देखिएको द्वन्द्वका कारण मलको उत्पादन र आपूर्तिमा समस्या आएको तथ्य पनि संसदमा स्मरण गराउनु भयो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू