बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष श्रेष्ठ
▸ यस स्टोरीको अंश: एफएनसीसीआई अध्यक्ष श्रेष्ठ भन्छन्, बजेटले चुनौतीपूर्ण आर्थिक अवस्था र सुस्त बजार सम्बोधन गर्नेछ
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष अञ्जन श्रेष्ठले मुलुक चुनौतीपूर्ण आर्थिक अवस्थाबाट गुज्रिरहेको बताएका छन् । आगामी आर्थिक वर्षको बजेटमा केही सकारात्मक पक्ष समेटिएको, आयकरको दर केही घटाउने प्रयास गरिएको, मध्यम आय भएका वर्गलाई प्रोत्साहन गर्ने व्यवस्था ल्याइएको तथा युवामुखी कार्यक्रम र सूचना प्रविधि (आईटी) क्षेत्रलाई प्रोत्साहन गर्ने नीति समावेश गरिएको उनले बताए । सरकारले खर्च बढाउने नीति अवलम्बन गरेसँगै आर्थिक गतिविधि विस्तार हुने र सुस्त रहेको बजार चलायमान बन्ने अपेक्षा गर्न सकिने उनको भनाइ थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित