नेपालले अमेरिकालाई दियो ३१८ रनको लक्ष्य
▸ यस स्टोरीको अंश: नेपालले अमेरिकालाई १२२ रनले हरायो, इशान र दीपेन्द्रको अर्धशतक
आईसीसी विश्वकप लिग २ अन्तर्गत आजको खेलमा नेपालले अमेरिकालाई ३१८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३१७ रन बनाएको हो । नेपालका लागि इशान पाण्डेले ८४ तथा दीपेन्द्रसिंह ऐरीले ५९ रन प्रहार गरे । यो नेपालले त्रिवि क्रिकेट रंगशालामा एकदिवसीय अन्तर्राष्ट्रियमा प्रस्तुत गरेको सबैभन्दा ठूलो लक्ष्य हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›