हिमाल आरोही शेर्पा र कार्कीलाई सम्मान

यस स्टोरीको अंश: सशस्त्र प्रहरीका दुई महिला हिमाल आरोहीलाई एक तह बढुवा गरिने
www.nepaljapan.com · 1 हप्ता अघि

विश्वको सर्वाेच्च शिखर सगरमाथा तथा लोत्से हिमाल आरोही सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकी शेर्पा र सगरमाथा आरोही सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीलाई सम्मान गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा शुक्रबार एक कार्यक्रमका बीच सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले उहाँहरूलाई सम्मान गर्नुभएको हो । उहाँले उच्च मनोवल तथा आँट र साहस लिइ विश्वको सर्वाेच्च शिखर सगरमाथामा राष्ट्र तथा सङ्गठनको झण्डा फहराउँदा सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरूको मनोवलमा हौसला, प्रेरणा र उत्साह मिलेको चर्चा गर्नुहुँदै यस्ता प्रकृतिका कार्यहरूलाई सङ्गठनले अझै उच्च प्राथमिकता साथ अगाडि बढाउने बताउनुभयो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू