सशस्त्रका दुई महिला कर्मचारीले गरे सगरमाथाको सफल आरोहण

यस स्टोरीको अंश: सशस्त्र प्रहरीका दुई महिला कर्मचारीद्वारा सगरमाथाको सफल आरोहण
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्की र सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। सहायक हवल्दार कार्कीले मे १७ तारिख बिहान १०:२० बजे र सहायक निरीक्षक शेर्पाले बिहान ११:५५ बजे चुचुरोमा पुग्दै इतिहास रचेका हुन्। सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरु तेस्रो र चौथो सशस्त्र प्रहरी कर्मचारी हुन् भने महिलाहरुको यो पहिलो सफल आरोहण हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू