राजदूतका नियुक्तिका लागि खुला दरखास्त आह्वान,के-के चाहिन्छ योग्यता ?
▸ यस स्टोरीको अंश: सरकारद्वारा राजदूत नियुक्तिका लागि पहिलोपटक खुला आवेदन आह्वान
सरकारले राजदूत नियुक्तिका लागि पहिलोपटक खुल्ला दरखास्त आह्वान गरेको छ। परराष्ट्र मन्त्रालयले इच्छुक योग्य नेपाली नागरिकलाई जुन ५ भित्र दरखास्त दिन आह्वान गरेको हो। राजदूत बन्नका लागि कम्तीमा ३५ वर्ष उमेर, स्नातक तह उत्तीर्ण, फौजदारी कसुरमा सजाय नपाएको, भ्रष्टाचार वा नैतिक पतनका कारण सरकारी सेवाबाट बर्खास्त नभएको र कुनै पनि विदेशी राष्ट्रको स्थायी वा अस्थायी आवासीय अनुमति नलिएको हुनुपर्ने सर्त राखिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित