राजदूत नियुक्तिको आवेदन खुल्यो, परराष्ट्रमन्त्री खनाल भन्छन्– रिक्त सबै देशका लागि आवेदन गर्न सकिनेछ

यस स्टोरीको अंश: परराष्ट्र मन्त्रालयद्वारा राजदूत पदका लागि पहिलोपटक खुला आवेदन आह्वान
www.setopati.com · 1 दिन अघि

परराष्ट्र मन्त्रालयले भारत, चीन, अमेरिका, बेलायत लगायत झन्डै डेढ दर्जन मुलुकमा रिक्त रहेको राजदूत नियुक्ति प्रक्रिया अघि बढाउँदै खुला आवेदन आह्वान गरेको छ। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार र अहिले बालेन शाह नेतृत्वको सरकारले पूर्ववर्ती केपी ओली सरकारबाट नियुक्त भएका राजदूत फिर्ता बोलाएपछि भारत, चीनसहित १७ वटा मुलुकका कूटनीतिक नियोगमा राजदूतहरू रिक्त छन्। मन्त्रालयले यी सबै देशका लागि पहिलो पटक खुला प्रतिस्पर्धात्मक मोडलमा राजदूत नियुक्त गर्न आवेदन आह्वान गरेको हो।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू