सर्वोच्चमा परेको दरपीठ उपरको निवेदन दर्ता नगरी त्यत्तिकै राख्नु न्यायमार्गमा अवरोध
▸ यस स्टोरीको अंश: सर्वोच्चका कामु प्रधानन्यायाधीश मल्लको आदेश: विधि र प्रक्रियाबमोजिमका रिट दर्ता गरिने
नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत समक्ष परेको दरपीठ उपरको निवेदन विना कारण दर्ता नगरी त्यत्तिकै राख्नु प्रशासनको अधिकार बाहिरको र न्यायमार्गमा अवरोध पुर्याउने कार्य भएको ठहर गरेको छ । बारको सोमबार बसेको आकस्मिक बैठकले विगत केही समयदेखि संवैधानिक महत्त्वका विभिन्न विषयमा सर्वोच्च अदालतसमक्ष पर्न आएका रिट निवेदनहरु सर्वोच्च अदालत प्रशासनबाटै दरपीठ गरी फर्काएको र त्यसउपर परेको निवेदन समेत लामो समयसम्म दर्ता नगरी न्यायमार्गमा अवरोध गरी आएकोप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित