विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण हुँदै
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको छ। उच्च माध्यमिक तहका विद्यार्थीहरूको नेतृत्वमा निर्माण गरिएको यो उपग्रह नेपालको अन्तरिक्ष प्रविधि विकास यात्रामा ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ। उपग्रहको सञ्चालन ललितपुरको खुमलटारस्थित ग्राउन्ड स्टेसनबाट गरिने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका सचिव डा रवीन्द्रप्रसाद ढकालले मुनाल उपग्रह ‘आइएसआरओ’को ‘एसएलभी–सिक्स टू’ पनि ‘रकेट’मार्फत प्रक्षेपण हुने जानकारी गराए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›