गणतन्त्रलाई थप संस्थागत, सुदृढ र उन्नत बनाउन आवश्यक छ : मुख्यमन्त्री कार्की
▸ यस स्टोरीको अंश: गणतन्त्र दिवसका अवसरमा मुख्यमन्त्री कार्कीद्वारा गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड
कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले १९औँ गणतन्त्र दिवसका अवसरमा गणतन्त्रलाई थप संस्थागत, सुदृढ र उन्नत बनाउन आवश्यक रहेको बताएका छन् । उनले लोकप्रियतावादका नाममा गणतन्त्रबाट प्राप्त उपलब्धिमाथि गम्भीर प्रहार भइरहेको टिप्पणी गर्दै राष्ट्रिय अखण्डता र स्वतन्त्रतालाई कमजोर बनाउने प्रयास भइरहेको उल्लेख गरे । मुख्यमन्त्री कार्कीले प्रदेशअन्तर्गत पर्ने सगरमाथा क्षेत्रमा फोहोर बढ्दै गएको र त्यसको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्नु पनि अहिलेको प्रमुख चुनौतीका रूपमा रहेको उल्लेख गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित