भूमि मन्त्रालय अन्तर्गतको बेरुजु १३ अर्बभन्दा बढी, धोबीखोला अतिक्रमण प्रकरणसँग ठूलो रकम जोडिएको खुलासा

यस स्टोरीको अंश: भूमि मन्त्रालयको १३ अर्ब बेरुजु, राजस्व असुली र कानुनी अस्पष्टता मुख्य कारण
prasashan.com · 3 दिन अघि

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत भूमिसम्बन्धी निकायहरूको कुल बेरुजु १३ अर्ब २४ करोड ७० लाख रुपैयाँ पुगेको जानकारी सार्वजनिक गरिएको छ। मन्त्रालयका सचिव मदन भुजेलले सोमबार बसेको सार्वजनिक लेखा समिति बैठकमा मन्त्रालयको बेरुजु अवस्था प्रस्तुत गर्दै हालसम्मको फर्छ्यौट प्रगति सन्तोषजनक नरहेको बताएका हुन्। उनका अनुसार कुल बेरुजुमध्ये ७ अर्ब १२ करोड रुपैयाँ नियमित गर्नुपर्ने प्रकृतिको रहेको छ भने ६ अर्ब ३ करोड रुपैयाँ असुलउपर गर्नुपर्ने श्रेणीमा परेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू