सूर्यविनायकद्वारा गुण्डुमा घुम्ती हाट बजार सञ्चालन
▸ यस स्टोरीको अंश: सूर्यविनायक नगरपालिकाले गुण्डुमा घुम्ती हाट बजार सञ्चालन गर्यो
‘स्थानीय उत्पादन, स्थानीय बजारमा’ भन्ने नाराका साथ आज सूर्यविनायक नगरपालिकाको आयोजना र वडा नं ७ कार्यालयको व्यवस्थापनमा सूर्यविनायक नगरपालिका–७ कार्यालयमा निःशुल्क घुम्ती हाटबजार सञ्चालन भएको छ। सूर्यविनायक नगरपालिकाले किसानले उत्पादन गरेको सामानलाई स्थानीय बजारमै उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरेको घुम्ती हाट बजारमा आज यहाँका दुई हजारभन्दा बढी उपभोक्ताले सेवा लिएका छन्। वडाध्यक्ष एवं प्रवक्ता रवीन्द्र सापकोटाले नगरपालिकाले यसअघि वडा नं २, बालकोटस्थित गोदावरी करिडोरबाट घुम्ती शुभारम्भ भएको हाटबजार गत साता वडा नं ४ को दक्षिण बाराहीमा र आज गुण्डुमा सञ्चालन गरेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित