महाकाली नदीमा सेनाको विपद् अभ्यास
▸ यस स्टोरीको अंश: महाकाली नदीमा नेपाली सेनाद्वारा विपद् व्यवस्थापन तथा उद्धार अभ्यास
नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली नदीमा विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी ‘अभ्यास मनसुन–६’ गरेको छ । नेपाली सेनाको बराहदल गुल्म भगतपुर ब्यारेकको आयोजनामा भएको उद्धारसम्बन्धी नमूना अभ्यासमा विपद्का बेला गरिने उद्धार तथा क्षति न्यूनीकरणसम्बन्धी नमूना अभ्यास स्थानीय माँझ प्रस्तुत गरिएको हो । बराहदल गुल्मका गुल्मपति सेनानी अशोक शाहीले उद्धार एवं क्षति न्यूनीकरणबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले नमूना अभ्यास गरिएको बताउनुभयो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›