कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्नेमा राष्ट्रपति पौडेलको जोड
▸ यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्नेमा जोड
राष्ट्रपति रामचन्द्र पौडेलले कृषकको सम्मानलाई राज्यले नै प्राथमिकता दिनुपर्ने बताएका छन्। कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा आयोजित राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम २०८२ लाई सम्बोधन गर्दै उनले मुलुकको समृद्धिको प्रमुख आधार नै कृषि भएको र किसान राष्ट्रका गहना हुन् भन्दै कृषि क्षेत्रलाई जीविकोपार्जन मात्र नभएर राष्ट्र निर्माणको प्रमुख आधार सिलाका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए। उनले राज्य, निजी क्षेत्र तथा सम्पूर्ण सरोकारवाला निकाय एकताबद्ध भएर कृषिमा लगानी, प्रविधि, बजारीकरण तथा युवा सहभागिता अभिवृद्धि गर्न अग्रसर हुनुपर्ने खाँचो औँल्याए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित