लुम्बिनी प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुँदै
▸ यस स्टोरीको अंश: लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत: मन्त्रालय संख्या ८ मा झारिने
लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ। प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो १:०० बजे बस्ने प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत छैटौँ बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि तयार पारेको यस नीति तथा कार्यक्रममा मुख्य रूपमा प्रदेशको समग्र विकास र सुशासनलाई जोड दिने तयारी गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›