नेपाल औषधि लिमिटेडबाट २५ प्रकारका औषधि उत्पादन गरिने, तीन स्वास्थ्य शिक्षण संस्थालाई अन्तर्राष्ट्रियस्तरमा विकास गरिने
▸ यस स्टोरीको अंश: सरकारले २५ प्रकारका औषधि उत्पादन गर्ने र तीन स्वास्थ्य संस्था अन्तर्राष्ट्रियस्तरमा विकास गर्ने घोषणा
सरकारले औषधि उत्पादनमा आत्मनिर्भरता बढाउने तथा स्वास्थ्य शिक्षालाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्ने नीति अघि सारेको छ । यसका लागि नेपाल औषधि लिमिटेडको उत्पादन क्षमता विस्तार गर्नुका साथै प्रमुख स्वास्थ्य शिक्षण संस्थालाई अन्तर्राष्ट्रियस्तरका अध्ययन, अनुसन्धान र चिकित्सा शिक्षाका केन्द्रका रूपमा विकास गर्ने घोषणा गरिएको छ । बजेटअनुसार विश्व स्वास्थ्य संगठनले प्राथमिकतामा राखेका अत्यावश्यक औषधिमध्ये कम्तीमा २५ प्रकारका औषधि उत्पादन गर्न सक्ने क्षमता विकास गरिनेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›