राज्यलाई जिम्मेवार बन्न आग्रह गर्दै मानव अधिकार तथा शान्ति समाजको प्रदर्शन
▸ यस स्टोरीको अंश: मानव अधिकार तथा शान्ति समाजद्वारा राज्यका अङ्गहरूलाई जिम्मेवार बन्न आग्रह गर्दै प्रदर्शन
मानव अधिकार तथा शान्ति समाजले १९औँ गणतन्त्र दिवसको सन्दर्भ पारेर सरकार, संसद र न्यायालयको ध्यानाकर्षण गराउँदै प्रदर्शन गरेको छ । लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरणका लागि राज्यका तीनै प्रमुख अंगलाई खबरदारी गर्ने उद्देश्यसहित प्रदर्शन गरिएको समाजले जनाएको छ । सभापति रेनुका पौडेलले विगतका सरकारहरूको असफलताबाट पाठ सिक्दै वर्तमान सरकारलाई अझ जिम्मेवार र सजग हुन आग्रह गरिन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›