चलचित्र विधेयकलाई समयसापेक्ष र बलियो बनाउन सरकार प्रतिबद्ध छः सञ्चारमन्त्री

यस स्टोरीको अंश: चलचित्र विधेयकलाई समयसापेक्ष बनाउन सरकार प्रतिबद्ध रहेको सञ्चारमन्त्रीको भनाइ
rajdhanidaily.com · 2 दिन अघि

सूचना तथा सञ्चारमन्त्री डा बिक्रम तिमिल्सिनाले राष्ट्रियसभाबाट प्रतिनिधिसभामा आएको चलचित्र विधेयक २०८२ लाई समयसापेक्ष, आधुनिक र चलचित्र क्षेत्रलाई उकास्ने खालको बनाउन सरकार गम्भीर रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा चलचित्र विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै सञ्चारमन्त्री तिमिल्सिनाले सरकारले विधेयकको मर्म र उद्देश्यलाई ध्यानमा राख्दै सांसदहरूले दिएका सुझावलाई रचनात्मक रूपमा ग्रहण गर्ने बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू