प्रतिनिधिसभामा ’चलचित्र विधेयक, २०८२’ प्रस्तुत, सैद्धान्तिक छलफल सुरु

यस स्टोरीको अंश: चलचित्र विधेयकमा सांसदका सुझाव समेटेर परिष्कृत गरिने: सञ्चारमन्त्री तिमिल्सिना
www.osnepal.com · 1 दिन अघि

सूचना तथा सञ्चारमन्त्री विक्रम तिमल्सिनाले ’चलचित्र विधेयक, २०८२’ छलफलका लागि प्रतिनिधिसभामा प्रस्तुत गरेका छन्। बुधबार बसेको बैठकमा मन्त्री तिमल्सिनाले राष्ट्रियसभामा उत्पत्ति भएको उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन्। विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद रिमा विश्वकर्माले सिनेमा, सङ्गीत, साहित्य र संस्कृति अहिले विश्वव्यापी संवादको शक्तिशाली माध्यम बनेको बताइन्। उनले भनिन्, ‘अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो उपस्थिति केवल सांस्कृतिक रूपमा मात्र सीमित छैन।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू